• २०८३ बैशाख १४ गते सोमवार

भक्तपुरमा अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आइतबारदेखि नै लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा भनिएको छ ।


‘पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा प्रवाह स्थगित गरिएको छ ।’ शुक्रबार जिल्ला प्रशासनकार्यालय ललितपुरले आइतबारदेखिलागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस