कार्तिक १, दाङ । भारतमा लोटरी परेको छ भन्दै ‘फेक कल’ गरेर दुइ ठगी गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लमही नगरपालिकाका दुई जना महिलाको ६३ हजार रुपैयाँ ठगी गर्ने रौतहट सुमन झा, सोनालाल ठाकुर र पर्साका राजनारायण चौरासीयालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले लोटरी परेको र ट्याक्स तिनुपर्छ भन्दै पटक पटक ईमो, भाइबरलगायतबाट फोन गरेर आईएमईमा पैसा राख्न लगाएको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरेको परह्रिले जनाएको छ । दाङ प्रहरीले रौतहट र पर्सा प्रहरीसँग समन्वय गरेर पक्राउ गरी दाङ ल्याएको र लोटरीका विषयमा कतैबाट फोन आए तत्काल प्रहरीमा खबर गर्न समेत प्रहरीले अपिल गरेको छ ।