• २०८३ साउन २९ गते शुक्रवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १, काठमाडौँ । आज उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहको छ ।


आज दिउँसो प्रदेश १ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागहरुमा सामान्यतया मौसम सफा रहनेछ । भने, प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश न १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।यता, प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस