कार्तिक १, काठमाडौँ । इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले छैठौं जित निकालेको छ । आबुधाबी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई ८ विकेटले हराएको हो । जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

यो जितसँगै मुम्बईको १२ अङ्क भएको छ । दिल्लीको पनि समान १२ अङ्क भए पनि रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।