भाद्र १, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतो रु. १०,०००।– घुस रकमसहित नियन्त्रणमा परेका छन ।
नायब सुब्बा महतोले फर्मको दर्ता प्रमाण पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले महतोलाई सेवाग्राहीबाट रु. १०,०००।– घुस बापतको रकम लिएको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाउनु भयो ।