असार ३, काठमाडौं । राष्ट्रिय युवा सङ्घ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुङग्याएको छ । युवा सङ्घको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुङग्याइएको हो ।
युवा सङ्घको ३१ विभागमा १६ विभाग तत्कालीन युवा सङ्घ र १५ विभाग तत्कालीन वाइसिएलको भागमा परेको छ । तत्कालीन युवा सङ्घलाई सङ्गठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति प्रकोप तथा विपद् व्यवस्थापन, प्राकृति स्रोतसाधन, न्याय तथा कानून र इभेन्ट म्यानेजमेन्ट विभाग परेको छ । यस्तै, वाइसिएललाई कार्यालय, प्रशिक्षण, विदेश, प्रचार, विकास निर्माण, उत्पादन तथा समृद्धि निर्माण, सहकारी, शिक्षा, श्रम तथा रोजगार, पर्यटन, उद्योग, घाइते, अपाङ्ग तथा योद्धा विभाग, कला संस्कृति तथा स्वमयसेवक, वन तथा वातावरण र मानवअधिकार विभाग रहेको छ ।
राष्ट्रिय युवा सङ्घका २१ सदस्यीय विभागका संयोजक र सहसंयोजक भागमा परेको तत्कालीन सङ्गठनले टुङग्याउने छ । संयोजक र सहसंयोजक फरक–फरक सङ्गठनले पाउने छन् । यसैगरी लेखा आयोग र निर्वाचन आयोग तत्कालीन युवा सङ्घले तथा अनुशासन आयोग र विशेष प्रदेश कमिटी तत्कालीन वाइसिएलको भागमा गरेको छ । आयोग ४५ सदस्यीय हुने छ ।