जेठ ४, दैलेख । नेपाली काङ्ग्रेस डुङ्गेश्वर गाउँपालिकाको कार्यसमितीले आर्थिक सहयोग गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम र नियन्त्रणका लागि डुङ्गेश्वर गाउँपाकिकाकोविपत ब्यबस्थापन कोषमा रु १,११,११५ (एक लाख एघार हजार एक सय पन्ध्र रुपैयाँ) आर्थिक सहयोग गरेको हो ।

रकमको चेक नेपाली काङ्ग्रेस गाउँपालिकाका सभापति बखत कुमार सापकोटा , नेपाली काङ्ग्रेसका अग्रज नेता नरसिंह मल्ल बाट गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्ल र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम प्रसाद न्यौपानेलाई हस्तान्तरण गरीएको छ । बिपत्ति को यस घडिमा राहात रकम सहयोग गरीएको नेपाली काँग्रेस डुङगेश्वर गाउँपालिकाका नेता भक्तबहादुर शाहीले जानकारी दिनुभयो ।
