जेठ ४, काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि जेठ ५ गते मध्यरातदेखि सकिन लागेको बेला कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो।