बैशाख ४, दैलेख । जिल्लाको नारायण नगरपालिका वडा नं ११ को बिन्दावासिनीमा जन्मिनु भएका प्रताप शाहि दिन दुखी र दैलेखीको सेवामा करिब २४ बर्ष देखी लागिरहनु भएको छ् । आज भन्दा २४ बर्ष अगाडि काठमाण्डौँ जानुभएको उहाँ त्यहाँको टिचिङ अस्पतालमा कार्यरत हुनुहुन्छ । दैलेखी समाज सेवाका अध्यक्ष समेत रहेका शाहि आफ्नो जागिरे जिबन संगै समाज सेवालाई तिब्र रुपमा बढाउनु भएको छ ।

दैलेखी समाज सेवा माफर्त र आफ्नो ब्यक्तिगत तर्फबाट दिन दुखीहरुको सेवामा लाग्नुभएका शाहि लाई चिन्ने जान्ने ब्यक्तिहरु पनि असाध्धै सालिन, भद्र र मनकारी भएको बताउँछ्न । कोरोना भाइरसको कारणले देश त्रसित भएको अवस्थामा उहाँले दैलेखको नौमुले गाउँपालिकाको एक स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री दिनुभएको छ ।
बिरामी भएका दिन दुखिहरुको जिल्लामा उपचार नभएपछि काठमाडौँ (उपत्यका) गएर अलपत्र परेका मानिसलाई उहाँले उद्धार गर्नुभएको छ् । नारायण नगरपालिका वडा नं ९ को मिना सोनीले भन्नुभयो हामि उपचारको लागी काठमाडौँ गएका थियौँ तर त्यहाँ गएर हामि अलपत्र परेका थियौँ , त्यतिबेला उहाँले धेरै सहयोग गरेको मिनाले बताउनुभयो ।
दिन दुखिको सेवा गर्दा मनमा शान्ति मिल्ने र बाचुन्जेल समाज सेबा गर्ने दैलेखी समाज सेवाका अध्यक्ष शाहिको भनाई छ । दैलेखी समाज सेवाको जिम्मा दिएकोमा सम्पुर्ण काठमाण्डौँ बासी दैलेखीलाई उहाँले बिशेष धन्यवाद दिनुभएको छ । दैलेखीको सेवाको लागि ज्यानै दिन तयार भएको उहाँले भन्नुभयो ।