फाल्गुन ५, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले पद तथा गोपनीयताको शपथ लिएका छन् । फुँयाललाई प्रदेश प्रमुख बिष्णु प्रसाईंलेले शपथ खुवाएका हुन् । फुँयालले सपथ आजै लिए पनि पदभारग्रहण भने मंगलबार गर्ने तय भएको छ ।

यसअघिका मन्त्री केशव स्थापित बर्खास्त भएपछि रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री पौडेलले फुँयाललाई नियुक्त गरेका हुन् ।