• २०८३ बैशाख ३ गते बिहिवार

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले नेकपा माहासचिव चन्दसहित उहाँका पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना गोरखापत्र दैनिमा मार्फत सार्वजनिक गरेको छ ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस