मंसिर १, काठमाडौं । कोरोना संक्रमणपछि चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)का प्राध्यापक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान अस्पतालका अध्यक्ष डा. नारायण बहादुर थापाको निधन भएको छ। कोरोना सक्रमितको उपचार गर्दा गर्दै उहाँहरुको कोरेनाकै कारण मृत्यु भएको हो ।
कोरोना संक्रमण भएर महाराजगन्ज टिचिङ अस्पतालमा भर्ना भएका डा. झाको सोमबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मनमोहन कार्डियोथोरासिस एण्ड ट्रन्सप्लान्ट सेन्टरमा कार्यरत डा. झालाई सबै खालका उपचार गर्दा पनि सुधार हुन नसकेको चिकित्सकहरुले बताएका थिए। तीन सातादेखि उनी भेन्टिलेटरमै थिए। मधुमेह र पार्किन्सन्स रोगका बिरामी डा. झालाई सुरुमा नर्भिक अस्पताल लगिएकोमा असोज अन्तिम साता त्रिवि शिक्षण अस्पताल लगिएको थियो।रेमडिसिभिर, प्लाज्माथेरापीले पनि सुधार नआएको चिकित्सकहरुको भनाई छ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले बिज्ञप्ती जारी गर्दै दुई चिकित्सकहरुके मृत्युले देशलाई ठुलो क्षती पुगेको बताएको छ । विज्ञप्तीमा मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक संतप्त परिवारमा गहिरो समवेदना प्रस्तुत गरेको छ ।
