• २०८३ बैशाख ४ गते शुक्रवार

थप ११९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनाुसार देशभर थप ११९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।बितेको २४ घण्टामा जम्मा ४ हजार ८३२ जनाको मात्र पीसीआर परीक्षण हुँदा ११९७ संख्यामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमा ४६२ महिला र ७३५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २९३४ जना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ रहेको छ । अब देशभर सक्रिय संक्रमित ३३ हजार ३७९ जना रहेका छन् ।

यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १२३० पुगेको छ । यस्तै १०१३ जना क्वारेन्टिनमा रहेका छन् भने संक्रमितमध्ये २८ हजार ३६० जना होम आइसोलेशनमा रहेका छन् । हाल मनाङ बाहेक अरु सब जिल्लामा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टाम काठमाडौं उपत्यकामा ५०१ जनामा संक्रमण पुष्टि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस