असोज ३०, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४०२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १७८४, भक्तपुरमा २४४ र ललितपुर ३७४ गरी २४०२ जनामा संक्रमण पुष्टि भएको हो ।

थप ४३ सय ९२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेको छ । मन्त्रालयका अनुसार आज ३५ सय २२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८८ हजार ४० जना रहेको छ । आज २१ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको छ ।