असोज ३०, काठमाडौँ । उपत्यकामा कोरोना संक्रमितको संख्याको संख्या ४९ हजार ५३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ८२७ जना रहेका छन् । कोरोनामुक्त हुनेको संख्या भने २९ हजार ४८४ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौँ जिल्लामा कोरोना संक्रमितको संख्या ४० हजार ७१ जना पुगेका छन् । जसमा संक्रिय संक्रमित १५ हजार ९०१ जना छन् । काठमाडौंमा कोरोना निको हुनेको संख्या २४ हजार १९ जना र कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५१ पुगेको मन्त्रालयले जनाएको छ । भक्तपुरमा तीन हजार ९०३ संक्रमित छन् । जसमा संक्रिय संक्रमित एक हजार ३८६ जना छन् भने निको हुनेको संख्या दुई हजार ४८४ जना छन् । मृत्यु हुनेको संख्या भने ३३३ पुगेको छ । ललितपुरमा कोरोना संक्रमितको संख्या पाँच हजार ५६४ जना पुगेको छ । निको हुनेको संख्या दुई हजार ९८१ जना छ। यस्तै संक्रिय संक्रमितको संख्या दुई हजार ५४० पुगेको छ भने मृत्यु हुनेको संख्या ४३ रहेको छ ।