• २०८३ बैशाख १४ गते सोमवार

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । नेपाल प्रहरीले पाँच हजार दुई सय २७ जना नयाँ जवानका लागि दर्खास्त आह्‍वान गरेको छ । प्रहरी जवान पदका लागि विज्ञापन निकालेर खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार दर्खास्त आह्‍वान गरिएको हो ।

जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा र बाँकी समावेशीतर्फ छ । कात्तिक १६ देखि मंसिर २३ गतेभित्र इच्छुक नेपाली नागरिकले फाराम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ । आवदेन ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ । कक्षा आठ वा सोसरह पास गरेकाले फाराम भर्न पाउने सूचनामा उल्लेख छ । १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस