साउन ३२,रौतहट । ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार गरुडा नगरपालिका-८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या भएको हो ।आइतबार बिहान ६ बजे स्थानीयले दिएको जानकारी अनुसार जिंगडिया गाउँभन्दा करीब ३ सय मिटर टाढा चौरमा शव बरामद भएको छ ।

धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव भेटिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।