• २०८३ जेष्ठ १७ गते आइतवार

प्रम ओली र प्रचण्डबीच छलफल सकियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आज भएको छलफल सकीएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

दुई अध्यक्षको छलफलमा कुनै निष्कर्ष ननिस्किएको बताइएको छ । शुक्रबारको स्थायी समिति बैठक भने बस्ने बताइएको छ । गत असार १८ गतेदेखि स्थायी समिति बैठक बस्न सकेको छैन । सहमतिका लागि भन्दै पटक पटक स्थगित भएको स्थायी समिति बैठक पछिल्लो पटक सात दिनका लागि स्थगित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस