चैत ३०, काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत माएडा टोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र जापानबीच स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई अझ दिगो र प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको आधुनिकीकरणका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मेहताले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले गर्दै आएको निरन्तर सहयोगको सराहना गर्दै आगामी दिनमा द्विपक्षीय हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।