• २०८३ बैशाख ६ गते आइतवार

कोरोनाले जे सोच्न वाध्य वनायो

खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

नोवेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को कारणले गर्दा अहिले विश्व जगतलाई तरङ्गित त पार्यो पार्यो विश्वको अर्थतन्त्रमा पनि नकारात्मक असर पार्दै गरेको वर्तमान समयमा कयौं प्रतिष्ठित व्यक्तिहरुको पनि ज्यान गइसकेको अवस्था छ भने हालसम्म लगभग वीस लाख पाँचसय भन्दा वढि मानिसहरु यस भाइरसबाट संक्रमित भएका र करिब एक लाख छब्बीस हजार आठ सय मानिसहरु यस रोगको शिकार भइसकेका छन् । नेपालमा पनि दिनानुदिन यस रोगबाट संक्रमितको संख्या बढ्दो छ । बिश्वका कँयौ व्यक्तिहरु खान नपाई भोक भौकै एकान्त वास बस्न वाध्य छन् भने कयौं व्यक्तिहरु गन्तव्य खोज्दै जाँदा प्रहरीको लाठा र भाटा खान बाध्य भएका छन् ।

नेपालमा पनि केहि दिन अगाडि मात्र सप्तरीमा लक डाउनको उल्लघंन गरेको आरोपमा प्रहरीको लाठीबाट एक वृद्ध महिलाको ज्यान गएको कारुणिक कथा बन्द कोठाभित्र लुकेर वसेको छ भने अर्कोतिर राज्यको कानुन परिपालन गराउनको लागि प्रहरी प्रशासनलाई पनि बाध्यता छ । आखिर लकडाउन भन्दा अगाडि जुन ठाउँमा वसेका थिए अहिले पनि त्यहि ठाउँमा वसौं त न खानलाई अन्न छ न वस्नलाई वास, न त गन्तव्यमा पुग्ने आश ! उता तेश्रो मुलुकबाट भन्दा पनि भारतबाट खुल्ला बोर्डर हुँदै नेपाल आउनेको संख्या दिनानुदिन वढ्दै जाँदा कोरोना संक्रमणको त्रास पनि उत्तिकै छ । नेपालीहरुमा अझै चेतनाको कमिले लकडाउनको समयमा राज्यले दिएको नीति निर्देशनलाई पालना गरिएको छैन । अत्यावश्यक कामवाहेकका मानिसहरु पनि सडक र गल्लीहरुमा भौंतारीइरहँदा प्रहरी प्रशासनले लाठी प्रहार त गर्ने नै भयो किनकी यो कोरोना भाइरसको कारणले गर्दा नै आज विज्ञ र धनाढ्य विकशित मुलुकहरु पनि उम्किन सक्ने अवस्थाका छैनन् भने हाम्रो जस्तो गरीव मुलुकका जनता हामी अहिलेको समयमा घरभित्र बस्नुको विकल्प छैन ।

त्यसैले त अमेरिकाले पहिला चाइनिज भाइरस भन्ने गर्दथ्यो अहिले आफैले यो नियमको पालना गरेको देखिन्छ । जनताले त जानी नजानी केहि गल्ती गर्दै गर्दा राज्यले भने यस्ता अति संवेदनसिल कुराहरुमा खेल्वाड नगरी अहिले भइरहेको उपचार सम्बन्धि व्यवस्थापनमा क्वारेन्टाइन र अस्पत्तालको सुविधामा अझ वढि सुदृढ पानुपर्ने जरुरी देखिन्छ । किनकी अमेरिका र युरोपजस्ता देशहरुलाई त हम्मे हम्मे परेको छ भने हाम्रो जस्तो गरीव मुलुकले समयमा सचेत हुनु जरुरी छ । अहिले कयौ अस्पतालहरुमा अन्य रोग लागेका मानिसहरु कोरोना सर्छ कि भन्ने डरले उपचार गर्न जान डराइराखेका छन् । त्यसैले सरकारले पनि केहि अस्पतालहरु अन्य रोगको उपचारको लागि भनेर तोकिदिनुपर्ने हुन्छ अनि मात्र सवै जनताको लागि सेवा प्रवाह राम्रो र सुलभ हुन्छ । यसरी कयौं व्यक्तिहरुको पीडाको कारुणिक कथा व्यथा एकातिर छ भने अर्कोतिर राज्यले यसलाई न्युनीकरणको प्रयास जारी राखेको भएतापनि अझ प्रभावकारी हुन सकेको छैन । तैपनि प्रधानमन्त्री लगायत मन्त्रीहरु तथा अन्य प्रतिष्ठित व्यक्तिहरुको कोरोना कोषमा रकम दाखिला गर्ने कार्य जारी छ र सांसदहरुले पनि सांसद विकास कोषको रकम सो क्षेत्रमा खर्च नगरी यहि कोरोना कोषमा दाखिला गर्ने निर्णय पनि स्वागत योग्य छ ।

र्यापिड किटबाट करिव ६९ जिल्लामा परिक्षण भएको समाचारमा उल्लेख छ भने भारतीय सीमामा अनाबश्यक आवज जावत बढि भएकोले सो नियन्त्रणको लागि अहिले वर्तमान अवस्थामा भि आइ पि लाई दिइदै आएको सुरक्षा फोर्स कटौति गरी सीमाना सुरक्षाको लागि उपयोग गर्नुपर्ने सल्लाह दिइएको छ र कारवाही अगाडि बढ्छ कि भन्ने आम जनमानसमा आशा जागेको छ । अन्यथा सो आवागमनलाई नियन्त्रण गरिएन भने भारतबाट दैनिकजसो आवत जावत गर्ने भिडले गर्दा नेपालको अवस्था यो भाइरसबाट झन भयावह हुने निश्चित नै छ । अर्कोतिर कोरोनाको कारणले विभिन्न मानिसहरुमा गाउँ घरमा फर्किने मोह जागेको छ भने केहि विशेषज्ञहरुले बल्ल आएर कृषिमा क्रान्ति गर्नको विकल्प नरहेको कुरा पनि औंल्याएका छन् । शहरमा वसेका मानिसहरु गाउँ गाउँ गएर कृषिमा आधारित उत्पादनमुलक क्षेत्रमा लागिपरेका छन्, विदेसीएका मानिसहरुको स्वदेस मोह जागेको छ, उत्पादनयोग्य जमिनहरुमा सिचाइको सुविधा पुरयाई भएका जल, जमिन, जंगल, जडिबुटी, जनावर, खानी आदिको प्रयोग सहि ढंगले गर्नुपर्ने कुराको जनचेतना आम नागरिकमा जवसम्म आउँदैन तवसम्म जतिसुकै विज्ञको ढ्वाङ्ग ठोके पनि हुनेवाला केहिपनि छैन ।

यसरी यो रोगको निधानपश्चात् कृषि, पर्यटन, विद्युत, उद्योग, पशुपालन आदिमा जोड दिई उत्पादीत सामानहरुको विक्री वितरणको बन्दोवस्त सरकारले गर्ने हो भने मात्र सियोदेखि मियोसम्म अनि सुनदेखि नुनसम्मको हाम्रो परनिर्भरताको अन्त्य अवश्य हुनेछ । कोरोना चाँडै जाओस र अवदेखि रोग व्याधि नआओस् अनि जनमानसमा यो त्रासदीको वातावरण हटोस् र सवै नेताहरुमा पारिवारिक र पार्टीगत स्वार्थ भन्दा माथि उठि राष्ट्यि स्वार्थमा जागरुक हुनको लागि प्रेरणा जागोस् र भ्रष्टाचारको अन्त्य होस् र कोरोनाले पनि यहि कुरा सोच्न बाध्य वनायो ।

Sharing

प्रतिक्रिया दिनुहोस