चैत ३, दाङ । दाङको तुलसीपुरमा तरवार प्रहारबाट गम्भिर घाईते भएका नेविसंघका नेता डाँगीको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गोलौरामा अनुप बस्नेतले तरबार प्रहार गर्दा घाइते भएका डाँगीको काठमाडौं स्थित हेम्स हस्पिटलमा उपचारका क्रममा मृत्युु भएको हो ।

डाँगी र बस्नेत बिच पहिल्यैदेखि रिसिबी थियोे । डाँगी बस्नेतलाई कुट्न भनेर उनको घर बाहिर पुगेका थिए । बस्नेत घर बाहिर निस्केपछि दुइ समुह बिच झडप भएको थियोे । झपडकै क्रममा बस्नेतले डाँगीलाई तरबार प्रहार गरि गम्भीर घाइते बनाएका थिए । उनलाई दाङ र नेपालगन्जमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौ लगिएको थियोे ।
मृ’तक डाँगी फूटवल खेलाडी तथा नेविसंघका नेता समेत रहेका थिए । उनी सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हुन ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरकाले हत्या मा संलग्न बस्नेत फरार रहेको र उनको खोजी भइरहेको जानकारी दिएको छ ।