पहिला दलहरु र राजा मिलेर राणा फाले । फेरी विभिन्न दलहरु मिलेर पन्च्यायती शासन ब्यबस्था फाले । विश्वको इतिहासमा नेपालका कम्युनिस्ट पार्टीले प्रजातान्त्रीक पद्दति अगालेको यो पहिलो रिकर्ड नै होला ।
सत्तापक्षकै नेताहरुको अनेक बहानामा रोइला नाच, प्रतिपक्ष केहि समय मौन रहेपनि दमौलीको तीनहातको पूल उद्द्घाटनमा रामचन्द्रको गिरफ्तारी पछि गत सोमवार मात्र देसब्यापीरुपमा गरेको आन्दोलन , राजाबादीहरुको सडक तताई , बुद्दिजीवीहरुको बखेडा, भारतीयहरुको केपिप्रतिको दृष्टिकोण , बिचौलियाहरुको बिगबिगी आदि कारणले गर्दा सरकारलाई काम गर्ने वातावरण नै नभएको हो कि भन्ने केहि बुद्दिजीवीहरुको तर्क छ
२०१६ सालको चुनाबमा ४ सिटमा खुम्चिएको कम्युनिस्ट पार्टी २०४६ साल पछिको निर्वाचनमा लगभग काङ्रेस पार्टी सो सरहको हैसियत राख्न सफल भयो र गणतान्त्रीक ब्यबस्था लागू भएपछि भने दुई कम्युनिस्ट पार्टी एकीकरण भई तीनै तहको निर्वाचनमा पाच वर्षको लागि झन्डै दुइ तिहाईको जनमत प्राप्त गरेर शासन गर्दै आएको नेकपाले देस र जनताको लागि केहि अपवादवाहेक राम्रै काम गर्दै आएको भएतापनि अहिले आएर सत्ता र शक्तिको लागि आफ्नै घरभित्रको झगडामा रुमल्लिन बाध्य बनाइएको छ । भन्ने गरिन्थ्यो कि, कम्युनिस्ट शासक भनेका सर्वहारा वर्गको हितनुकूल काम गर्ने हुन्छन । जनपक्षिय कार्यको लागि कम्युनिस्ट अब्बल हुन्छन र संसारको उदाहरण हेर्दा उत्तर कोरियाबाहेक चाइना, भियतनाम , रुस आदि देसहरुमा छिट्टै बिकास भएको पाइन्छ । अझ चिनले त हरेक कुरामा विश्वको न १ रास्ट्रको दर्जा पाउन लागिसक्यो । हुन त प्रजातान्त्रीक मुलुकमा हरेक नागरिकलाई स्वतन्त्रताको अधिकार हुन्छ नै तर मानिसमा जति स्वतन्त्रता भयो उति बिकृतिका खाडलहरु गहिरिदै जाने भएर होला प्राय: प्रजातान्त्रीक मुलुकमा नागरिक स्वतन्त्र भएपनि दुख र कष्टको जीवन जिउन बाध्य छन । अझ नेपालजस्तो गरिब मुलुकमा त झन नातावाद, कृपाबाद, गुट, उपगुट, हुक्के, बैठके, चम्चे, बिचौलियाहरु आदिको प्राचिनकालदेखि नै जुनसुकै सत्ता परिवर्तन भएपनि वर्चस्व उनीहरुकै हातमा हुने भएकोले वास्तविक गरिब नागरिकको पौचमा प्राय: बिकासे नाराहरु नाराकैरुपमा सीमित हुने देखिएपनि हाल नेकपाको सरकारले केहि जनहितका कार्यहरु नगरेको पनि होइन ।
हरेक पल गुट र उपगुटको खेती गरी कहिले खुमल्टार त कहिले बालुवाटार अनि कहिले कोटेश्वर त कहिले धुमबाराही सचिवालयको बैठक र अन्य कोठे गुटका बैठक बस्दा बस्दै न सरकारले गतिलो काम गर्ने वातावरण मिल्यो न त पार्टीबाट कुनैपनि काममा सरकारलाई सहयोग गर्ने वातावरण सृजना गरियो ।
तथापि भर्खरको मौलाउदो गणतन्त्रको कोपिला लाग्दैमा फकृन नदिने तत्वहरुको बिगबिगी एकातिर छ भने अर्कोतिर सत्तापक्षकै नेताहरुको अनेक बहानामा रोइला नाच, प्रतिपक्ष केहि समय मौन रहेपनि दमौलीको तीनहातको पूल उद्द्घाटनमा रामचन्द्रको गिरफ्तारी पछि गत सोमवार मात्र देसब्यापीरुपमा गरेको आन्दोलन , राजाबादीहरुको सडक तताई , बुद्दिजीवीहरुको बखेडा, भारतीयहरुको केपिप्रतिको दृष्टिकोण , बिचौलियाहरुको बिगबिगी आदि कारणले गर्दा सरकारलाई काम गर्ने वातावरण नै नभएको हो कि भन्ने केहि बुद्दिजीवीहरुको तर्क छ भने केहिको तर्क “सत्ता चलाउनेको रिमोर्ट कन्ट्रोल बिचौलियाको हातमा भएर नै सरकार अल्मलिरहेको छ ।”
तर वास्तविक धरातलिय यथार्थतिर जाने हो भने जुन मुलुकमा प्रजातान्त्त्रीक सरकार हुन्छ त्यो मुलुकमा बहुल पार्टीहरु हुन्छन । सरकारमा बस्ने पार्टीले हरेक निर्णय र बिकास गर्दा आफुनूकुल गर्यो भनेर बिपक्षिको कामै सदैव बिरोधकोरुपमा बिरोध मात्र गर्ने र सरकारले पनि हरेक सार्वजनिक महत्वका विषयहरुमासमेत बिपक्षिलाई वास्तै नगर्दा हरेक रास्ट्रीयस्तरका विषयहरुमा सबै दलको सहयोग नहुदा सरकारलाई अप्ठ्यारोमा पर्न जाने सम्भावनालाई नकार्न सकिन्न ।
गत सोमवारको सरकार बिरुद्द काङ्रेसको देसब्यापी बिरोध कार्यक्रममा पत्रकारले सहभागीहरुलाई “तपाई के को लागि आउनुभएको ? भनेर सोद्धा , उनीहरुको जवाफ थियो “थाहछैन, हाम्लाइ त केपिको बिरोधमा जाउ भन्यो आइयाछ क्यारे !” फेरी बालबालिकाहरुको पनि उपस्थित हुनुले के देखिन्छ भने अहिलेका दलहरुको राजनीतिक साख हेर्दा नेता बन्नलाई पहिला भिड जम्मा गर्ने जसले सक्यो उहि ठीक, अनि जसले जस्ता पनि भिड जम्मा गर्नसक्यो उसैको राजनीतिक जीवन सफल भन्ठान्नु एकदम गलत कुरा हो ।
तर हाल नेकपाको कुरा गर्दा झन्डै दुइ तिहाइको सरकार छ । इच्छा र जागर लगाउने हो भने गरे काम असम्भव के छ र भनेजस्तो हाल नेकपाको सरकारलाई काम गर्न कसैले न रोक्न सक्छ न त छेक्न नै तर यस्तो निरिह प्रतिपक्ष हुदा हुदै “मौका आउछ पर्खिदैन, बगेको खोला फर्किदैन” भनेजस्तो सरकार गठन भएदेखि यता प्रतिपक्षको त कुरै छोडौ आफ्नै पार्टी भित्रको किचलो र दैनिकजसो रडाकोको कारण सरकारले काम गर्ने वातावरण नमिलेकै हो। हरेक पल गुट र उपगुटको खेती गरी कहिले खुमल्टार त कहिले बालुवाटार अनि कहिले कोटेश्वर त कहिले धुमबाराही सचिवालयको बैठक र अन्य कोठे गुटका बैठक बस्दा बस्दै न सरकारले गतिलो काम गर्ने वातावरण मिल्यो न त पार्टीबाट कुनैपनि काममा सरकारलाई सहयोग गर्ने वातावरण सृजना गरियो । बरु अतीतका तीता मीठा घटना सम्झेर वर्तमानमा आगामी दसौ महाधिबेसन भन्दा अगाडि दुई अध्यक्षको सहमतीनुसार पार्टी चल्ने सम्झौता तोडि अनेक गुट र उपगुटमा कोठे बैठक बसाई कोरोनाको महामारीलाई चटक्कै बिर्सेर बहुमत र अल्पमतको जालो फ्याक्दै पिएम को राजिनामा माग्नु यो कत्तिको औचित्य छ ? यसको परिणाम आगामी दिनमा जनता र सक्रीय कार्यकर्ताले पक्कै पनि दिनेछन नै । तसर्थ सन्दर्भ जोड्न खोजेको कुरा के हो भने जुन देसका नागरिकमा हरेक कुरामा पराइसंगको परनिर्भरतामा बाच्नुपर्ने बाध्यात्मक परिस्थितिको सृजना हुन्छ ती देसहरुमा उत्पादीत राजनैतिक धरातलका नेताहरुको पनि सम्भवत : राजनैतिक संस्कार गतिलो हुदैन जसले गर्दा कमजोर राजनीतिक धरातलको बेसमा हुर्केका नेताहरुको भिजन पनि क्षणिक नै हुन्छ र देस र जनताको लागि रचनात्मक सृजनशील कार्यहरुमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्नु त परको कुरा आफ्नै पार्टी भित्र एकले अर्कोलाई खिचातानीको भूमरीमा धकेल्ने हुनाले हाम्रोजस्तो गरिब मुलुक बिकासको गतिमा अझै कयौ वर्ष पछाडि धकेलिने कुरामा दुइ मतै छैन । किनकि गत सोमवारको सरकार बिरुद्द काङ्रेसको देसब्यापी बिरोध कार्यक्रममा पत्रकारले सहभागीहरुलाई “तपाई के को लागि आउनुभएको ? भनेर सोद्धा , उनीहरुको जवाफ थियो “थाहछैन, हाम्लाइ त केपिको बिरोधमा जाउ भन्यो आइयाछ क्यारे !” फेरी बालबालिकाहरुको पनि उपस्थित हुनुले के देखिन्छ भने अहिलेका दलहरुको राजनीतिक साख हेर्दा नेता बन्नलाई पहिला भिड जम्मा गर्ने जसले सक्यो उहि ठीक, अनि जसले जस्ता पनि भिड जम्मा गर्नसक्यो उसैको राजनीतिक जीवन सफल भन्ठान्नु एकदम गलत कुरा हो ।
आतंककारी डराउछन सिपाहीको बुठले,
बिरोधी डराउंछन कालो रङको सुटले ,
मसानघाट डराउंछ पचवैया भुतले,
राजनीति बिग्रीन्छ गुट र उपगुटले !
किनकि जमाना २१ औं शताब्दीमा उकालो लागिसक्यो । जनता पहिलाकाजस्ता लाटा छैनन । यो सरकारका केहि नगन्य नकारात्मक कामबाहेक अन्य धेरै सकारात्मक कामहरुलाई पनि जनताले नजिकबाट नियाली रहेका छन । यहां त आफ्नै भाई बन्धुको अंशबन्डाको मुद्दा नमिल्दा बिदेसी र स्वदेसी प्रतिकृयाबादी शक्तिहरुले खेल्ने मौका पाएका मात्र हुन । त्यसैले सरकारलगाएत हरेक राजनीतिक दलले आफ्नो कमजोर राजनीतिक धरातललाई समयमा नै सच्याएर निस्वार्थ भावनाले अगाडि बढ्न सकेमात्र देस र जनताको भलो यसैमा हुनेछ अन्यथा भनाई छ नि “
आतंककारी डराउछन सिपाहीको बुठले,
बिरोधी डराउंछन कालो रङको सुटले ,
मसानघाट डराउंछ पचवैया भुतले,
राजनीति बिग्रीन्छ गुट र उपगुटले !
हेक्का रहोस !