• २०८३ जेष्ठ १९ गते मङ्गलवार

चिनी तस्करी गर्ने ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, मोरङ । मोटरसाइकलमा चिनी तस्करी गरेर ल्याउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका ४ बाट उनीहरुलाई पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका १ बस्ने २१ बर्षीय अभिषेककुमार साह, धनपालथान २ का १७ बर्षीय दिपककुमार मण्डल, १८ बर्षीय अर्जुनकुमार मण्डल र १९ बर्षीय रुपेश मण्डल रहेका छन् । प्रहरीका अनुसार धनपालथान ४ का सुनिल राजवंशीको गोदाम अगाडि वरण्डामा भारतको कुवाडीबाट अवैधरुपमा चोरी पैठारी गरेर ल्याएको बोरा पल्टी गरिरहेको अवस्थामा उनीहरु हिजो साँझ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ४९ बोरा अर्थात २४६० केजी चिनी वरामद भएको छ । प्रहरीले चिनी ल्याउन प्रयोग गरिएका मोटरसाइकहरु को १८ प ५७४३, को २२ प १६४४ र को ११ प १६४४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई सामान र मोटरसाइकलसहित मुल भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस