• २०८३ जेष्ठ १७ गते आइतवार

काठमाडौँ उपत्यकामा जोर विजोर नियममा कडाई गर्दै कोटेश्वरका ट्राफिक प्रहरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३१, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ । जोर विजोर प्रणालीको पूर्णपालना नभएको भन्दै ट्राफिक प्रहरीले विशेष कडाई गरेको हो ।

महाशाखाले जोर विजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाईन्टहरू राखि थप कडाई गरिरहेको छ । आज शनिबार मात्रै जोर विजोर प्रणालीको उल्लङ्घन गरी सञ्चालन गरेका र साना तथा ठूला सवारी साधनलाई उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभएको छ । एसएसपी ढकालले विभिन्न बहानामा सवारी साधन चलाउनेहरुको संख्या बढेको कारण थप चेकजाँज गरी कडाई गरेको बताए ।

नेपाल सरकारबाट भएका निर्णयहरू पूर्ण रूपमा पालन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, भिडभाड नगर्न, अत्यावश्यक सेवा र कामबाहेक सवारी साधन नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत महाशाखाले आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस