• २०८३ भाद्र २१ गते आइतवार

सोती घटनाको संसदीय छानबिन, ‘निर्मम आक्रमणपछि सामूहिक हत्या’

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

असार ३१, काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृ’त्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले नि’र्मम आ’क्रमणपछि ह’त्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय छानबिन समितिले मङ्गलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन मङ्गलबार बुझाउनुभएको हो । समितिले एक महिनाको अवधिमा स्थलगत अध्ययनपछि प्रतिवेदन बुझाएको हो ।

समितिले घटना अन्तरजातीय सम्बन्धका कारण उत्पन्न भएको र दोहोरो झडप नभई एकपक्षीय रूपमा घटना गराइएको निष्कर्ष निकालेको छ । “हामीले प्रतिवेदन बुझाएका छौँ । मुख्यतः घटना दोहोरो झ’डप हैन भन्ने हाम्रो निष्कर्ष छ । निर्मम रूपमा आक्र’मणपछि ह’त्या भएको छ । अन्तरजातीय सम्बन्धको कारणबाट घ’टना विकसित भएको समितिको निष्कर्ष छ’’, संयोजक पौडेलले भन्नुभयो । ठूलो समूह मिलेर आ’क्रमण गरी नवराजसहित छ जनाको ह’त्या भएको निष्कर्ष समितिको छ । घटनामा संलग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सुझाव दिँदै समितिले संवैधानिक र कानुनी प्रावधान कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । समानता र स्वतन्त्रताको हक कार्यान्वयन गर्न तथा संवैधानिक आयोग गठनको विषयलाई पनि यथाशीघ्र प्राथमिकतामा राख्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले पीडित परिवारलाई राज्यका तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउन पनि सुझाव दिएको छ । आश्रित परिवारका बालबच्चालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी गर्न सुझाव दिँदै समितिले आश्रित परिवारलाई कम्तीमा १० लाख रुपियाँ क्षतिपूर्ति दिन र मृ’तकका नाममा स्मृति पार्क बनाउन पनि सुझाव दिएको छ ।

जेठ १० गते चौरजहारीमा भएको घटनामा नवराज विकसहित छ जनाको ह’त्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३४ जनाविरुद्ध रुकुम जिल्ला अदालतमा मु’द्दा दायर गरिसकेको छ । अदालतले २३ जनालाई पु’र्पक्षका लागि थु’नामा राख्न आदेशसमेत जारी गरिसकेको छ । पी’डित परिवार, घटनाका प्रत्यक्षदर्शी, घाइ’ते, घट’नास्थलमा प्रारम्भमा पुगेका प्रहरीसँग पनि समितिले जानकारी लिएको छ । घट’ना अनुसन्धानका लागि संसदीय समितिको माग गर्दै विपक्षी दलहरूले सदनको कारबाही अ’वरोध गर्ने चेता’वनी दिएपछि जेठ २६ गते समिति गठन भएको थियो । जेठ ३१ बाट समितिले कार्य प्रारम्भ गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस