• २०८३ जेष्ठ १९ गते मङ्गलवार

बागमती प्रदेशको ५१ अर्बको बजेट (पुर्णपाठ सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, मकवानपुर । बागमती प्रदेशले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ । प्रदेश सभाको असार १ गतेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट प्रस्तुत गर्नुभएको हो । उक्त बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार विनियोजन गरिएको छ ।

उक्त बजेटमध्ये २० अर्ब ८३ करोड ७९ लाख कर राजश्वबाट, १७ अर्ब ८६ करोड ९८ लाख अन्तरसरकारी अनुदानबाट र ५ अर्ब १२ करोड ९७ लाख अन्य राजश्वतर्फ तथा ७ अर्ब ५० करोड रुपैंया चालु आर्थिक वर्षको बचतबाट जोहो गरिने अनुमान गरेको छ । आगामी वर्ष कुनै पनि प्रकारको ऋण नलिने बागमती प्रदेशको तयारी छ ।

बजेटको पुर्णपाठ

बजेट-वक्तव्य-फाइनल-Bagmati-Province

Sharing

प्रतिक्रिया दिनुहोस