मंसिर २९, एजेन्सी । विश्व फुटबलको सर्वोच्च संस्था ९फिफा०ले वर्षको उत्कृष्टलाई प्रदान गर्दै आएको द बेस्ट अवार्डको शीर्ष तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ । यो वर्ष पुरुष खेलाडीको अवार्डका लागि क्याटलान क्लब बार्सिलोनाका लियोनेल मेस्सी, इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की मनोनयनमा परेका छन् ।

अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन भने तारिफयोग्य थियो । यस्तै पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्टसलाई इटालियन लिगको उपाधि दिलाउँदा उनी लिगको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए । पोलिस फरवार्ड लेवान्डोस्कीले भने बायर्नका लागि निकै सफल वर्ष बिताए । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने लेवान्डोस्की सर्वाधिक गोलकर्ता समेत भएका थिए ।
फिफाले डिसेम्बर १७ मा विजेताको नाम घोषणा गर्नेछ ।