• २०८३ बैशाख २८ गते सोमवार

थप ७७६ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, काठमाडौँ । थप ७ सय ७६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८८ जनाको परीक्षण गर्दा थप ७ सय ७६जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ९ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४० हजार ३ सय ६३ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय ४९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस