असोज २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थप ३ जनालाई मन्त्रीको जिम्मेवारी दिएका छन् छन् । नेपाल कम्युनिट पार्टी ९नेकपा० का महासचिव पौडेललाई अर्थमन्त्रालय, कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्रालय र लिलानाथ श्रेष्ठलाई महिला बालबालिकामन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् ।
