असोज २८, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा फेला परेको छ ।मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडा सदस्य लालाबहादुर महराले बताए ।

महिलासँगै माछा मार्न गएका उनका देवर अन्दाजी वर्ष २६ का मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ