• २०८३ बैशाख १० गते बिहिवार

मन्त्री झाक्रिको स्वास्थ्यमा सुधार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

सुर्खेत १५, काठमाडौं । स्वास्थ्यमा केही समस्या भएर वीर अस्पताल काठमाडौंमा भर्ना हुनुभएकी माननीय शहरी विकास मन्त्री रामकुमारी झाक्रीको स्वास्थ्यमा सुधार आएको छ । रुघाखोकी ,ज्वरो,निमोनिया देखिएपछि उपचारका लागि अस्पताल पुगेकि मन्त्री झाक्रि गत विहिवार अस्पताल भर्ना भएकी हुन ।

अहिले ज्वरो, निमोनिया लगायतका स्वास्थ्यका सबै सूचकहरू सकारात्मक रहेको उपचारमा सलग्न चिकित्सकहरुले वताएका छन । अझैपनि स्वास्थ्य संवेदनशीलता रहेको कारण चिकित्सकहरुले भेटघाटलाई बन्द गराउन सल्लाह दिएका छन । चिकित्सकहरुकै सल्लाह अनुसार उपचार,भेटघाट र खानपानको व्यवस्था मिलाईएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयले मन्त्री ज्युको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेको छ । स्वास्थ्यमा क्रमिक सुधार आएकाले शुक्रबारसम्म अस्पतालले डिस्चार्ज गर्ने वुझिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस