• २०८३ जेष्ठ २ गते शनिवार

नेकपा देवदह नगर कमिटी सचिवालय बैठक सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३२, नवलपरासी । नेकपा (नेकपा) देवदह नगर कमिटी सचिवालयको चौथो बैठक अध्यक्ष प्रकाश अर्यालको अध्यक्ष र सचिव मन कुमार कनौजेको संचालनमा सम्पन्न भएको छ।बैठकले सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा वलीको नेतृत्वमा रहेको वर्तमान सरकारले नेपालको सम्पूर्ण भुमि समेटेर जारी गरेको नक्शालाई निशान छापको रुपमा व्यवस्थापिका संसदले सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्र निर्माणको अगुवाइ गर्ने सम्पूर्ण पुर्खाहरु, अग्रजहरु, वर्तमान सरकार, नेकपा लगायत सबै राजनीतिक दल एवम् नेतृत्व र व्यवस्थापिका संसदका माननीय सदस्यहरु र सम्पूर्ण नेपालीहरुलाई उच्च सम्मान सहित हार्दिक धन्यवाद ज्ञापन गर्दै हार्दिक बधाई र शुभकामना व्यक्त गरेको छ।

बैठकले कोरोना भाइरस विरुद्धको विश्वव्यापी अभियानमा तिन‌ तहका सरकारले अगाडि सारेका योजना र काममा सहयोग ,सहकार्य र ऐक्यबद्धता जाहेर गरि देवदह नगरपालिकाको विपद व्यवस्थापन कोषमा यथाशक्य आर्थिक सहयोगको गर्न सम्पूर्ण संघसंस्था र नागरिकसंग अनुरोध गर्ने निर्णय गरेको छ।ब‌ैठकले चैत्र ,वैशाख र जेष्ठ मा नगर कार्यालयको तर्फबाट गरिएको निर्णयलाई अनुमोदन गर्दै देवदह नगरपालिका सहित केन्द्र र प्रदेशका योजनाको समिक्षा गरि सम्भव योजनाको अविलम्ब कार्य सम्पादन गर्न र आगामी योजना तयार गर्दा कृषि उत्पादन वृद्धि तथा रोजगारी सिर्जना हुने गरि कृषि ,स्वास्थ्य र शिक्षामा महत्त्वका साथ बजेट विनियोजन गर्न नगरपालिका लगायत सम्वद्द सबै संग अनुरोध गरेको छ।बैठकले देवदह (११ मा अंगिरा पासीको ज्यान जाने गरि भएको घटनाको छानवीन गरि पिडक एवम् मतियारलाई आवश्यक कार्वाही र पिडितलाई न्याय प्रदान गर्न सरकार लगायत सम्वद्द सबैको ध्यानाकर्षण गर्दै देवदह (११,रुकुम र तिलोत्तमामा भएका घटना प्रति खेद व्यक्त गर्ने निर्णय गरेको छ।

बैठकले देवदह नगरपालिकाले ५०५ अनुदानमा वितरण गरेको धानको बीउ मध्ये नउम्रेका कृषकहरूको पहिचान गरि यथोचित क्षतिपूर्ति उपलब्ध गराउन एवम् गलत बीउ शिफारिस र उपलब्ध गराउनेहरु संग असुलउपर गर्न र कृषकहरूलाई समयमै आवश्यक मलखाद्द उपलब्ध गराउन समेत स्थानीय सरकार लगायत सम्बद्घ सबैको ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ। बैठकले नदीजन्य पदार्थको चोरी निकासीलाई कडाइसाथ रोक्न र समयमै टेण्डर गरि नदीजन्य पदार्थ निकासीको वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै कानुन सम्मत र मर्यादित पेसामा मात्रै सहभागी हुन सम्बन्धित सबै संग अनुरोध गर्दै सभ्य र समृद्ध देवदह निर्माणको अभियानमा सहयोग र सहकार्य सहित एकताबद्द भएर अगाडि बढ्न सबै संग अपिल गर्ने निर्णय गरेको छ।बैठकले नविकृत पार्टी सदस्यको विवरण अविलम्ब नगर कार्यालयमा बुझाउन शाखा कमिटीहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस