• २०८३ असार ११ गते बिहिवार

सवारी दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ३२, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राज कुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । प्रतापपुरदेखी सदरमुकाम परासी जाने क्रममा अध्यक्ष शर्मा सवार लु १ झ ३७० नम्बर प्लेटको स्कार्पियो बर्दघाट २ लक्ष्मीनगरमा आफै अनियन्त्रित भई लक्ष्मीनगर पुलदेखि तल खोलामा दुर्घटना भएको हो ।

पुलकाट खोलामा स्कार्पियो खस्दा घाइते भएका अध्यक्ष शर्मालाई उपचारको लागी चिसापानी अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरिक्षक अजय केसीले जानकारी दिनुभयो । अध्यक्ष शर्मा जिल्लामा विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासीतर्फ गईरहनुभएको थियो । शर्मासंगै सवार अर्का एक जना प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएको र उहाँको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस