• २०८३ बैशाख ७ गते सोमवार

कोरोनाबाट मृत्यु हुनेको संख्या १६

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा बसेकाको मृत्यु भएको हो ।

स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घर फर्किने क्रममा बुधबार बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्यु भएसँगै स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको हो। नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस