• २०८३ बैशाख २ गते बुधवार

तारकेश्वर नगरप्रमुख भन्नुहुन्छ “नगरपालिकाको आधिकारिक फुड बैक बन्दैछ, भ्रमको पछि नलागौं”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौ । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले नगरबासीहरुलाई भ्रममा नपर्न आग्रह गर्नु भएको छ । उहाँले नगरस्तरीय खाद्यान्न संकलन केन्द्र (फुड बैक) बनिनसकेको अवस्थामा तारकेश्वर नगरपालिकाका कुनै कुनै ठाउँमा नगरस्तरीय खाद्यान्न संकलन केन्द्र (फुड बैक) बनेकाले खाद्यान्न संकलन अभियान सञ्चालनमा आएको भन्ने हल्ला आएकाले त्यस्तो कुनै नगरस्तरीय खाद्यान्न संकलन केन्द्र (फुड बैक) नबनेको जानकारी गराउनु भएको छ ।

तारकेश्वर नगरपालिकामा नगरस्तरीय खाद्यान्न संकलन केन्द्र (फुड बैक) स्थापना गर्ने पक्रियामा रहेकाले नगरपालिकाको आधिकारिकता बिना कोहि कतै फुड बैकको नाममा खाद्यान्न संकलन गर्न आएका त्यसको जिम्मेवार नगरपालिका नरहने जानकारी समेत उहाले गर्नु भएको छ ।

बिकराल परिस्थीतीको सहजीकरण गर्ने नाममा भ्रमको खेती नर्गन समेत उहाँले आग्रह गर्नु भएको छ । उहाँले तारकेश्वर नगरपालिका भित्र बस्नुहुने समाजसेवी, राजनितीकर्मी व्यावसायी, पेशाकर्मी, बुद्धिजीवी, उपभोक्त समूह, टोलसुधार समितिहरु र विभिन्न संघसंस्थामा कार्यरत र क्रियासिल महानुभावहरुमा तारकेश्वर नगरपालिकाको आधिकारिक फुड बैक बनेपछि सहयोग गर्न समेत अनुरोध गर्नु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस