• २०८३ बैशाख १५ गते मङ्गलवार

सर्वसाधारणलाई सिंहदरबार छिर्न सहज बनाउँ, पास लिनुपर्ने व्यवस्था हटाऔँ : नेकपा सांसद चौधरी

खबर२४नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सर्वसाधारणलाई सिंहदरबार प्रवेश गर्न सहज बाताबरण बनाउनुपर्ने बताएकी छिन ।

प्रतिनिधि सभा बैठकमा आफ्ना भनाइ राख्दै सांसद चौधरीले जनतालाई सिंहदरबार प्रवेश गर्न पास लिनुपर्ने व्यवस्था हटाउनुपर्ने बताइन।

यसरी सिंहदरबार प्रवेश गर्न पासको व्यवस्था मिलाउँदा जनताको धेरै समय खेर गएको भन्दै उनले राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गरेर प्रवेश गर्न दिनु न्यायोचित हुने बताइन। दिनको दुई घण्टाका लागि भए पनि जनतालाई सिंहदरबार प्रवेश गर्न दिइनुपर्ने उनको भनाइ थियो ।

जनस्तरका व्यक्तिहरु सिंहदरबार छिर्नु पर्दा भित्रबाट नै पास दिनुपर्ने व्यवस्था छ। सुरक्षाको हिसाबले आवश्यक छ। पास लिँदा नै धेरै समय जाने भएकाले निश्चित समयका लागि राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गरेर प्रवेश गर्न दिनु उचित हुन्छ ’ बैठकमा चौधरीले भनिन।

Sharing

प्रतिक्रिया दिनुहोस