पौष, २७ काठमाडौँ । प्रदेश ३ को नाम र राजधानीको टुङ्गो लगाउन मतदान सुरु भएको छ । प्रदेशसभामा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन केहीबेर अघि मतदान प्रक्रिया सुरु भएको हो ।

प्रदेशसभाको दुई तिहाई बहुमतले नाम र राजधानी टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलको बैठकले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौँडा कायम गर्ने समबन्धमा औपचारिक निर्णय गरिसकेको छ ।
प्रदेशसभामा कुल ११० सदस्य छन् । नाम र राजधानीको टुङ्गो लगाउन कुल सदस्यको दुई तिहाई अर्थात् कम्तीमा ७४ मत आवश्यक पर्दछ ।