कार्तिक २६, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई कोरोना पुष्टि भएको छ । केही दिनदेखि अस्वस्थ रहेका उनको बुधबार गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।
राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको बताए । अध्यक्ष केसीको अवस्था सामान्य रहेको समेत नेता शर्माले जानकारी दिए ।