कार्तिक २६, काठमाडौँ । थप २५ सय ६९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १६ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना रहेको छ । आज २६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११ सय ७४ जना पुगेको छ ।