• २०८३ बैशाख ३१ गते बिहिवार

गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २६, काठमाडौँ। काठमाडौँको गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको टोलीले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको छ ।

बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पीडितले जबरजस्ती करणी भएको भन्ने जानकारी दिनासाथ खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ । पीडितलाई मंगलबार नै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ । रिपोर्ट आइसकेको छैन । बालिकालाई फकाएर कोठामा बोलाएर करणी गरेको तामाङमाथि आरोप छ । पीडितले बुधबार राईविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस