• २०८३ बैशाख २४ गते बिहिवार

नायिका आँचल निर्मात्री बन्ने तयारीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २६ , काठमाडौँ। नायिका आँचल शर्मा चलचित्र बनाउने तयारीमा रहेको वुझिएको छ । उदिप श्रेष्ठसँग बिहे गरेपछि आँचलले पनि चलचित्रमा लगानी गर्ने सोच बनाएकी हुन् ।

यसका लागि उदिप र आँचलले तयारी पनि गरिरहेका छन् । तर, यो प्रोजेक्ट सुरु हुन केही समय भने लाग्ने वुझिएको छ । चलचित्रका लागि निर्देशक मिलन चाम्सलाई अफर गरिएको छ । यो बिषयमा मिलन भन्छन्–‘म उदिपसँग नजिक छु । उदिप र आँचलको चलचित्र बनाउने सोच छ । यसका लागि उनीहरु तयारी पनि गरिरहेका छन् । म आफै लगातार ३ वटा चलचित्र निर्देशन गर्दैछु । यसैले, यी तिन चलचित्र नसकेसम्म आँचलको चलचित्रको काम सुरु गर्न मलाई गाह्रो पर्छ ।’

आँचल र उदिप पनि चलचित्रलाई विशेष बनाउने तयारीमा छन् । यसका लागि केही समय लिने तर राम्रो चलचित्र बनाउने उनीहरुको तयारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस