• २०८३ बैशाख २६ गते शनिवार

सेती नदीमा हाम फालेर एक जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २७ , सेती । सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । जिल्ला सदरमुकामको चैनपुर बजार नजिकैको डुङग्री पुलको छेउबाट बैतडीको बाजपानीका २४ वर्षीय मानबहादुर विष्ट हामफेलेका हुन।

प्रत्यक्षदर्शीका अनुसार मंगलबार दिउँसो उनी नदी किनाराको ढुङगामा बसेर फोन गरिरहेका थिए। ‘उनी त्यहाँ बसेर फोन गरिरहेका थिए, अनि फोन गर्दागर्दै एक्कासी हामफालेका हुन’ एकजना प्रत्यक्षदर्शाीले भने ,

यसअघि आईतबार राती पनि विष्टले पुलबाट हामफाल्ने कोसिस गर्दा प्रहरीले बचाएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको र बेपत्ता विष्टको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस