• २०८३ जेष्ठ २३ गते शनिवार

सल्यानमा बस दुर्घटना हुँदा १८ जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

 पौष, २४ सल्यान। सल्यानमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

बिहीबार बिहान बनगार कुपिण्डे नगरपालिका-११ मा भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स यात्रुवाहक बस दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि सुर्खेतको मेहलकुना पठाइएको छ । बस सडकबाट करिब २ सय मीटर तल खसेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस