साउन २७, बाँके । रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिइन् । उनको उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।बच्चाले आमाको पेटमै दिसा गरेकोले अप्रेशन गरी निकालिएको भए पनि दिसा खाइसकेकोले बचाउन नसकिएको उनको भनाइ छ । ‘मिति पुगेर जन्मिएको हो ।

दिसा खाइसकेको हुनाले बचाउन सकिएन,’ उनले भने ।महिला प्रसूति हुन भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी थिइन् । ज्वरो आएकोले पीसीआर जाँच गर्दा उनको कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई शनिबार लेवल-३ अस्पताल कोहलपुर ल्याइएको थियो ।
मृत्यु भएपछि बच्चाको पीसीआर जाँच गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए ।