• २०८३ बैशाख १५ गते मङ्गलवार

राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिको सदस्यमा रावत

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २६, सुर्खेत । राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिको सदस्यमा कर्णाली प्रदेशको प्रतिनिधित्व हुने गरि दैलेखका भिम बहादुर रावतलाइ बोर्डको कार्यकारी समितिको सदस्यमा चयन भएका छन । राष्ट्रिय सहकारि ऐन ४९ को दफा ७ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम दुइ वर्षको लागि जिल्ला सहकारी संघको सदस्यमा चयन भएका हुन ।

जिल्ला सहकारी संघको सदस्य समेत रहेका रावत सिर्जन कृषि तथा पशुपालन सहकारि सस्था र चामुण्डामाई बहुउद्देश्य सहकारी सस्था विच एकिकरण भइ नवगठित सिर्जन चामुण्डामाई बहुउद्देश्य संस्थाको अध्यक्ष समेत रहेका छन् । सहकारी क्षेत्रमा करिब विगत पाँच छ वर्ष काम गरेर अनुभव बटुलेका रावत सहकारीको प्रशिक्षक रहेका छन् । राष्ट्रिय विकाश बोर्डले आफुलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व हुने गरि पठाएपछि आफुले पाएको जिम्मेवारीको पुर्ण रुपमा वहन गर्दै कर्णालीभर छरिएर रहेका नामका मात्र सहकारीलाइ एकिकरण गरेर कामका सहकारी बनाउने बताए ।

उनले भने सहकारी एकिकरण गर्ने कार्यमा आफनै क्षेत्रबाट सुरु गरिसकेको छु नामका मात्र सहकारीलाइ कामका सहकारी बनाउने कामतिर लागि परेको छु । जिल्लाभर रहेका नामका र दर्ता मात्रका सहकारी छन आफनो ऐन अनुसार गतिविधि बढाउन नसकेको अबस्था छ त्यस्ता सहकारीलाई एकिकरण गरेर चलायमान गरेर त्यो क्षेत्रका सेयरसदस्य, किसानहरुलाई पत्यक्ष रुपमा उत्पादन तर्फ जोड दिएर स्वरोजगार तिर जोड्ने पहिलो लक्ष्य रहेको रावतले बताए ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस