जेठ २९, बाजुरा । सुदुरपश्चिम प्रादेशिक प्रयोगशालामा गरीएको परिक्षणमा बाजुराका १८ जनामा कोरोना पुष्टी भएको छ । आजै मात्रै बाजुरा जिल्लाका १८ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बाजुराबाट स्वाब संकलन गरीे एक हप्ता अगाडी सुदुरपश्चिम प्रादेशिक प्रयोगशालामा पठाएको रिर्पोट अनुसार १८ जनामा कोरोना पोजेटीभ देखीएको जनाएको छ । कोरोना पुष्टि भएका मध्ये १७ जना बुढिगंगा नगरपालीका र १ जना त्रिबेणी नगरपालिकाका गरी १८ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यायल बाजुराले जनाएको छ ।