• २०८३ जेष्ठ १७ गते आइतवार

नवलपरासीेमा जारी तेस्रो दिनको खेल अन्र्तगत क्रिकेट प्रतियोगिता सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, सुनवल । “स्वास्थ्य नै ठुलो धन हो” भन्ने नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा जारी तेस्रो दिनको सप्ताह ब्यापी खेलकुद अन्र्तगत मंगलबार क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

सिद्धार्थ शिशु सदन ईङ्गलिस बोडिङ्ग स्कुल सुनवलका कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु बिच क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो । यस्तै कक्षा ३ देखि कक्षा ५ सम्मका विद्यार्थीहरु बिच ५ सय मिटरको दौड प्रतियोगिता र बल एण्ड बकेट खेल खेलाईएको थियो भने कक्षा १ देखि कक्षा २ कक्षा सम्मका विद्यार्थीहरुलाई ईन आउट वाटर फिल र शु रेस खेल समेत खेलाईएको थियो ।

सिद्धार्थ शिसु सदन ईङ्गलिस बोडिङ्ग स्कुल सुनवलको आयोजनामा माघ २६ गते देखि सप्ताह ब्यापी खेल सुनवलमा सुरु भएको हो । सोही अनुरुप आईतबार र सोमबार कक्षा १ देखि ९ कक्षा सम्मका विद्यार्थीहरु विच १०० मिटर र कक्षा ६ देखि ९ कक्षा सम्मका विद्यार्थीहरु विच २०० मिटरको दौड प्रतियोगिता गराईएको थियो ।

आउदो फागुन १६ गते हुने सिद्धार्थ शिसु सदन ईङ्गलिस बोडिङ्ग स्कुल सुनवलको बार्षिक उत्सव तथा अभिभावक दिवशलाई लक्षित गरी आईतबार देखि सुरु भएको सप्ताह ब्यापी खेलकुद फागुन २ गते सम्म सञ्चालन हुने विद्यालयका प्रधानध्यापक ठकुरीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस