• २०८२ जेष्ठ ३० गते बिहिवार

चर्को बिरोध भएपछि माफी माग्दै पुजा शर्मासङ्ग सुवेदी हेर्नुस् भिडियोमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २६ , काठमाडौं । Ap1 टिभिको रजतपट कार्यक्रम मा भएको कलाकार प्रतिको अपमानजनक टिप्पणी बिरूद्द हिजो हामिले कलाकार संघ, निर्माता संघ , ब्उज्ञ लगायत बिभिन्न महत्वपूर्ण ठॉउमा उजूरी दियौ ।

लगत्तै हिजो बेलुका सम्बन्धीत कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामि झन आश्चर्यमा पर्यौत य्स्तो गम्भिर बिषयमा उहॉले दारे शब्द चिप्लिएर प्रयोग गरिएको मा माफि पाउ भन्नु भो , जबकि दारे महानायिका शब्द चिप्लिएको होइन २ दिनकि चॉदनि फिर अन्धेरी रात तिमिहरूको के हैसियत छ  ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ , मैले एक से एक अभिनेत्री को अन्तर्वार्ता लिएको छू ,तं आउदिन भन्ने तेरो के हैसियत के छ ? यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ? एउटा शब्द “ दारे महानायिका “ मात्रै भए लौ चिप्लियो होला भनेर मान्न सकियो । तर उहॉले अन्तर्वार्ता मा नआएको रिस त्यति लामो शब्दमा आक्रोस सहित पोख्नु भएको छ ।

“घरमा हामि सधै यस्तै बोलथ्यौ , परिवार सम्झेर कार्यक्रममा पनि बोले रे “ राष्ट्रीय टेलिभिजन च्यानलमा बोलेको त्य्सतो बिषयमा पनि यस्तो हलुका टिप्पणी सहित मागिएको माफिले हामिलाइ अचम्भित तुल्यायो ।

अत , यो गम्भिर बिषयलाइ कार्यक्रम प्रस्तोताले जुन ढंगले घमन्ड र दम्ब सहित राष्ट्रीय टेलिभिजन मा प्रस्तुत गर्नु भएको छ यो सम्पूर्ण कलाकारको अपमान हो । भविष्यमा यस्ता घटनाहरू पुन दोहोरिन सक्छ अत हामिले न्यायको लागि चलचित्र संग सम्बन्धित सरोकारवाला संघ गुहारेका छौ ।  साथै उक्त कार्यक्रम प्रसारण गर्ने टेलिभिजन मा पनि गएको छौ  । यबिषयलाइ निज प्रस्तोताले लिए जस्तै हल्का रूपमा नलिइ गम्भिर भएर ,भबिष्यमा समेत नजीर बस्ने गरि न्याय प्राप्त गर्ने आशा सहित लागि रहने छौ ।

https://youtu.be/tySm06RhmbY

यो साथ र सहयोग को लागि सम्पूर्ण चलचित्रकर्मी , न्यायप्रेमी पत्रकार साथिहरू , शुभचिन्तक मित्रहरू सबैलाइ धन्यवाद  ! स्रोत पुजा शर्माको फेसबुक स्टाट्रस

प्रतिक्रिया दिनुहोस