भदौ २४, काठमाडौँ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उपचाररत काठमाडौंका ६७ वर्षीय कोरोना संक्रमित पुरुषको भदौ २३ गते बेलुका मृत्यु भएको हो । मृत पुरुष मधुमेह र उच्चरक्तचापका बिरामी रहेको बताइएको छ ।

ललितपुरमा मंगलबार ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।