साउन २५,काठमाडौँ । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ खापी घर भएका नक्सालमा कार्यरत प्रहरी जावनलाई यही साउन १९ गते कोरोना पुष्टि भएको थियो ।सोही प्रहरी जवानका २८ वर्षीया श्रीमती र २२ महिने बालकमााई समेत कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए ।

उक्त बालकको हात भाँचिएपछि उपचारको लागी भक्तपुर सल्लाघारीस्थित ईवामुरा अस्पताल रेफर गरिएको थियो । सोही क्रममा उपचार अघि बालकको स्वाव परीक्षणका लागि पठाएको रिपोर्टमा आमा र बालक दुवैमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले शनिवार पुष्टि गरेको थियो ।संक्रमितहरु बसोवास गर्ने सिपाडोल वडा नम्वर ८ खापी क्षेत्रमा सिल गरिएको छ ।